आमन्त्रण भलिबलमा आज आर्मी क्लब र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा

0
27

काठमाडौ, २७ माघ । पोखरा रंगशालामा जारी आमन्त्रण भलिबलको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । आजको खेलमा त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । हिजोको सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रको महिला टिम फाइनलमा प्रवेश गरेको हो । सशस्त्रले पुलिसलाई २५–१५, २५–१४ र २५–१५ ले हराएको हो । अब उपाधिका लागि पुलिसले आज हुने त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ

Comments

comments

LEAVE A REPLY