आयोजकलाई हराउँदै मनाङ–मस्र्याङ्दीले जित्यो झापा गोल्डकप

0
80

विर्तामोड, २४ माघ । दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मस्र्याङ्दी क्लबले जितेको छ । आज भएको फाइनलमा आयोजक झापा–११ लाई १–० ले पराजित गर्दै मनाङले उपाधि जितेको हो । डोमालाल राजवंशी रंगशालामा भएको खेलको ६३औं मिनेटमा नाइजेरियन खेलाडी ओलावालेले गोल गर्दै मनाङलाई जिताएका हुन् । ‘ए’ डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा उपाधि जितेसँगै मनाङले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता झापाले साढे तीन लाख रुपैयाँ पाएको छ ।

Comments

comments

LEAVE A REPLY