On Air BFM 91.2|Biratnagar

आरती स्ट्रिप्स उद्योगका इलेक्ट्रिसियनको क्रेनबाट खसेर मृत्यु

विराटनगर २१ असोज । मोरङको बूढीगंगा १ मा रहेको आरती स्ट्रिप्स उद्योगका इलेक्ट्रिसियनको आज दिउँसो क्रेनबाट खसेर मृत्यु भएको छ ।

विराटनगर –८ मधुमाराका ४० वर्षीय अशोक चौधरीको क्रेन मर्मतका क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो । उहाँका अनुसार सामान बोक्ने क्रेनमाथि चढेर विद्युतको प्रयोग गर्दै मर्मत गरिरहेका बेला झरेर चौधरी बिहान पौने १२ बजेतिर चौधरी गम्भीर घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागेका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । काम गर्ने क्रममा चिप्लिएर उनी खसेको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी एसपी खड्काले दिनुभयो ।

Leave a Reply

Your email address will not be published.

Call Now Button