आरोहण गुरुकुलमा दार्जेलिङका कवि प्रस्तुत हुने

विराटनगर, १८ फागुन । विगत चार महिनादेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको आरोहण कवितायात्राको चैतको शृंखलामा दार्जेलिङका वरिष्ठ कवि मनप्रसाद सुब्बा प्रस्तुत हुने भएका छन् । आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा हुने कार्यक्रममा सुब्बाले आफ्ना एक दर्जन सशक्त सिर्जना सुनाउने छन् ।

दार्जेलिङमा रहेर विगत लामो समयदेखि नेपाली साहित्यको विशेष कविता लेखनमा सक्रिय छन् उनी । पुरानो पुस्तालाई नयाँ पुस्तासित जोड्न गुरुकुलले काव्यारोहण नाम दिएर अग्रज कविको कविता वाचन कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक धीरज राईले जानकारी दिनुभयो ।

कार्यक्रमले कविताको पाठक र स्रोता वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ छ । हरेक महिनाको पहिलो शनिबार हुने कार्यक्रम यसपटक चैत १ गते हुनेछ । यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान र मोमिला प्रस्तुत भइसकेका छन् ।

१ सय प्रवेश शुल्क तोकिएको छ । हरेक शृंखलामा कविता सुन्न आउने दर्शक–स्रोता थपिँदै गएको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button