आर्थिक समृद्धीका लागि लगानी मैत्री कानून निर्माण हुने : मुख्यमन्त्री राई

0
208

विराटनगर, १४ जेठ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धीका लागि निजी क्षेत्रका लागि लगानी मैत्री कानून निर्माण गर्ने वताउनु भएको छ । नेपाल चेम्वर अफ कमर्श प्रदेश नं १ र मोरङ चेम्वर अफ कमर्शको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस क्षेत्रको व्यापार, पर्यटन, कृषि क्षेत्र लगानी वृद्धिगरी रोजगारी उपलव्ध गराउने उद्योगीहरुलाई प्रदेश सरकारले सुरक्षाको ग्यारण्टी सहित सहुलित रुपमा जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । मुख्यमन्त्री राईले यस क्षेत्रको कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गरी चिया, अलैची अम्लीसो र अदुवाको अत्याधिक उत्पादन गरी छिमेकी देशका साथै वंगलादेश र भूटानका मुख्य वजारवाट आर्थिक लाभ लिनु पर्नेमा जोड दिनु भयो । उहाँले प्रदेशमा रहेका भारत, वंगलादेश र भूटानका धार्मिक पर्यटकलाई आकर्षण गर्न यस क्षेत्रमा रहेका पर्यटकीय स्थलमा स्तरीय वसोवासको व्यवस्थापन भएमा आगामी केही दिनमा विराटनगर विमानस्थलको विस्तार गरी थप १ हजार मिटर रनवे वढाई छिमेकी देश भारत र वंगलादेश हवाई उडानवाट अध्याधिक धार्मिक पर्यटकको आगमन हुने विश्वास व्यक्त गर्नु भयो । मुख्य मन्त्री राईले उद्यमीहरुलाई चाहिने उर्जाका लागि यो प्रदेश धनी रहेको वताउदै आगामी पाँच वर्ष भित्र सात सय मेघावाट जलविद्युत उत्पादन हुनुका साथै अरुण, तमोर वहुउद्देश्यीय, दुधकोशी नदीवाट जलविद्युत उत्पादन गरी उद्योगीका उर्जाको मांग पुरा हुने दावी गर्नु भयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुलकको समृद्धि लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको छ भन्दै कमर्शको प्रदेश कार्यालय स्थापनाले विराटनगरलाई स्थायी राजधानी वनाउन वल पुगेको वताउनु भयो । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले भारतको विशाखापट्टनम वन्दरगाहवाट रेल्वेमार्फत नेपालमा ढुवानी गर्न सरकारले पहल गर्नु पर्नेमा जोड दिदै आर्थिक समृद्धिका लागि लगानी र व्यापारी मैत्री कानून वनाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । नेपाल चेम्वर अफ कमर्शका मोरङ अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल चेम्वर अफ कमश कमर्शका निर्देशक डा. भगवान खडका, विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांस अधिकारी, आन्तरिक राजश्व कार्यालय विराटनगर प्रमुख दिलीपकुमार गौतमले मुलुकको आर्थिक समृधि र वैदेशिक व्यापार घटाउन कर्मशले सघाउ पुर्याउनु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा प्रदेश नं १ का १४ जिल्ला कार्यालयलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल चेम्वर अफ कमर्शले मुलुकको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा १ सय ५ वस्तुगत संस्था, २१ अन्य र ७५ विदेशी व्यापारी संस्थासंग आवद्धता रहेको छ । कर्मशमा १ हजार ६ सय सदस्य रहेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here