इजिप्टमा आक्रमणमा परी मारिनेको संख्या २३५ पुग्यो, राष्ट्रिय शोकको घोषणा

0
36

काठमाडौं, ९ मंसिर । इजिप्टको एक मस्जीदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या २३५ पुगेको छ । राष्ट्रपति अब्दुल फतह अल सिसिले भने साइनाइस्थित मस्जीदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि गोली चलाउँदा मारिनेमा अधिकांश पुरुष, महिला तथा बालबालिका छन् । आक्रमणकारीले सो मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको हुनसक्ने बताइएको छ । चार वटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए । आक्रमणको कसैले जिम्मा लिएको छैन । तर यसअघि पनि साइनाइ प्रायद्वीपमा आफुलाई इस्लामिक स्टेट बताउने समूहले आक्रमण गरेको थियो । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीको हटाएयता सो क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here