इजिप्टमा गरिएको आक्रमण आइएसले गरेको खुलासा

0
36

काठमाडौ, १० मंसिर । इजिप्टमा गरिएको आतंककारी आक्रमणमा संलग्न रहेकाहरुले हातमा आईएसको झण्डा लिएको खुलासा भएको छ । कुनै पनि संगठनले जिम्मेवारी नलिएको सो घटनाको पछाडि आर्ईएसको हात रहेको ठहर इजिप्ट सरकारले गरेको हो । इजिप्टको एक मस्जिदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या ३ सय ६ पुगेको छ । यसै घटनालाई लिएर इजिप्टमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति अब्दुल फतह अल सिसीले भने साइनाइस्थित मस्जिदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् । इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भएको पनि उनले घटनामा संलग्न जो कोहीसँग पनि बदला लिने बताएका हुन् । चार वटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएयता उक्त क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here