Tune to BFM 91.2|Biratnagar

इटहरीका अटेर गर्ने चार मासु पसलमा ताला

विराटनगर, १ कात्तिक । सुनसरीको इटहरीमा मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने चार वटा पसलमा आज ताला लगाइएको छ ।

इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा आज विहान भएको वजार अनुगमनको क्रममा विपी चौक जाने सडक छेउमा रहेका चार वटा मासुपसलमा ताला लगाइएको हो ।

गत असोज २५ गते अनुगमनका क्रममा ती पसलहरुलाई खुल्ला रुपमा मासु नवेच्न र ३ दिन भित्रमा जाली लगाउन निर्देशन सहितको पत्र पठाईएको थियो । पूःन अनुगमन गर्दा पनि जाली लगाएको नपाइएपछि वाध्य भएर ताला लगाइएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो ।

विगत दुई बर्ष देखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिएपनि अटेर गरेको उपप्रमुख गौतमले जानकारी दिनुभयो । आज सात वटा मासु पसलको अनुगमन गरिएको छ ।

अरु चार वटा पसललाई तीन दिन भित्र सुधार गर्न पत्र पठाइएको छ । पूःन अनुगमनका क्रममा सुधार गरेको नपाइए ती पसलहरुमा पनि ताला लगाउन वाध्य हुने उपप्रमुख गौतमले वताउनुभयो ।पछिल्लो समय इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button