Tune to BFM 91.2|Biratnagar

इनरुवा बजारमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

विराटनगर ३२ जेठ । सुनसरीको सदरमुकाम इनरुवा बजारमा लागेको आगो करिब ६ घन्टापछि नियन्त्रणमा आएको छ ।

स्थानीय हनुमान वस्त्रालयबाट सुरु भएको आगोले छेउको सिर्जना फाइनान्सको कार्यालयमा पनि क्षति पुगेको छ ।आगोले वस्त्रालय र फाइनान्सको कार्यालय पूरै क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

नजिक रहेको सप्तकोसी हार्डवेयरमा पनि क्षति पुगेको बताईएको छ । धरान, इटहरी, दुहबी, बराहक्षेत्र र सुन्दरहरैंचाका दमकल प्रयोग गरी सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए ।

इनरुवा नगरपालिकासग दमकल भएपनि बिग्रेका कारण प्रयोग हुन सकेन । आफ्नै नगरमा भएको दमकल आवश्यक परेका बेला प्रयोग हुन नसकेको भन्दै नगरवासीले आक्रोश पोखेका छन् ।आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन ।

वस्त्रालय रहेको घरमा बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट भएको धनमालको क्षति यकिन गर्न विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Call Now Button