इपीएल क्रिकेटमा आज भैरहवा र चितवन साथै ललितपुर र पोखरा भीड्ने

0
113

काठमाडौं, ११ पुस । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा भैरहवा र चितवन भिड्नेछन् भने दोस्रो खेलमा ललितपुर र पोखरा आमने–सामने हुनेछन् । आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ । उता, पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ईपिएल क्रिकेटको क्वालीफायरमा स्थान पक्का गरेको छ । हिजो भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले हराउँदै विराटनगरले फाईनल प्रवेशका लागि हुने क्वालीफायरमा स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा शतप्रतिशत विजयी परिणाम निकाल्न सफल विराटनगरको यो लगातार पाँचौ जित हो । हारसँगै काठमाडौंको भने ईपिएल यात्रा समुह चरणमै टुंगिने भएको छ । हिजै भएको अर्काे खेलमा पोखरा राइनोजलाई ७ विकेटले हराँउदै भैरहवा ग्लाडिएटर्सले पनि प्ले अफमा स्थान बनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here