इराकमा आत्मघाती आक्रमण सात जनाको मृत्यु, १२ घाइते

0
68

१८ भाद्र ।  इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका हुन् । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएको इराकी अधिकारीहरुले जनाएका छन् । राजधानी बग्दादबाट करिब एक किलोमिटरमा उत्तरमा रहेको समार्रा क्षेत्रमा रहेको ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीले सजिलै प्रवेश गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी अन्य १२ घाइते भएको प्रहरीले जनाएको छ । आत्मघाती आक्रमणकारीले गोलीसमेत प्रहार गरेको बताइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here