इरानमा कानुन नरम बनाइने, मृत्युदण्ड हुने अवस्थामा कमी आउने

0
67

काठमाडौं, साउन ३० । इरानको संसद्ले लामो समयदेखि थाँती रहेको लागू औषध कारोबारसम्बन्धी कानुनलाई नरम बनाउने विधेयकलाई संशोधन गरेको छ । कानुनमा सुधार गरी ल्याइएसँगै धेरै नागरिकको मृत्युदण्ड हुने अवस्थामा निकै कमी आउने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि विधेयक लागू हुने अवस्थामा आउन कन्जरभेटिभ समूहको प्रभाव रहेको ‘गार्डिएन काउन्सिल’ले पनि अनुमोदन गर्नुपर्छ । संसदमा महिनौं लामो बहसपछि लागू औषधसम्बन्धी कानुनलाई अनुमोदन गर्न सफलता मिलेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here