इलाममा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी, विपन्न नागरिकलाई राहत

0
273

इलाम, पुस १९ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम इलाममा प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको डेढ वर्षभित्र इलाममा २१ हजार २६४ जनाले स्वास्थ्य बिमा गराएका छन् । २०७३ साल असार १५ गतेबाट इलाममा सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिक आकर्षित बन्दै गएका छन् । पछिल्लो एक वर्षभित्र मात्रै इलाममा १५ हजार ४ सय ७६ जनाले स्वास्थ्य बिमा गराएका छन् । पहिलो चरणमा इलाम, बाग्लुङ र कैलालीबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम हाल २२ जिल्लामा लागू भइसकेको छ । पाँच जनाको परिवारले वार्षिक २ हजार ५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा कार्यक्रममा सदस्य बन्न सक्ने छन् । त्यसवापत उनीहरुले ५० हजार रुपैयाँसम्मको उपचार खर्च पाउने छन् । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका इलाम सिहबाहिनीका बुद्धिप्रसाद दाहालले यस्तो कार्यक्रमले विपन्न नागरिकलाई सहयोग पुग्ने गरेको बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here