ईटहरीबाट कम तौल भएको सिलिण्डर बरामद

0
136

सुनसरी, जेष्ठ २९ गत े। प्रहरीले सुनसरीको ईटहरी उपमहानगरपालिका ९ स्थित बिकास अग्रवालको भवानी ग्याँस स्टोरबाट कम तौल भएको सिलिण्डर बरामद भएको छ। ग्याँसका डिलर अग्रवालको पसलबाट रिजालको एउटा ग्याँस सिलिण्डरको तौल २९ किलो ६०० ग्राम हुनुपर्नेमा २६ किलो ७०० ग्राम मात्र भएको पाइएपछि प्रहरीले उक्त सिलिण्डर बरामद गरी अनुसन्धान शुरु गरेको छ। अग्रवालको डिलरबाट बिक्रि भएको ग्याँसमा कम तौल भएको उजुरी परेपछि इलाका प्रहरी कार्यालयले उनकको पसलमा चेकजाँच गर्दा सो सिलिण्डर बरामद भएको थियो।
यसैगरी
प्रहरीले इटहरी उपमहानगरपालिका ६ स्थित अमरेन्द्र कुमार राउतको एम. के. कस्मेटिक पसलबाट ५९ पिस नक्कली हेयर कलर बरामद गरेको छ। राउतको पसलमा कस्टमेटिका नक्कली सामान बिक्री वितरण हुने गरेको भन्ने विशेष सुचनाका आधारमा प्रहरीले उनको पसलबाट नक्कली स्ट्रिक्स क्रिम हेयर कलर बरामद गरिएको हो। सामानसंगै पसल धनि राउतलाई समेत इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान शुरु गरिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here