ईटहरीबाट विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

0
33

सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराबाट प्रहरीले नेकपा (विप्लव समुह) का दुई कार्यकर्तालाई मंगलबार नियन्त्रणमा लिएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले जिल्ला दार्चुला लाटिनाथ–८ घर भई ईटहरी–११ मा केन्द्रिय सदस्य डेरा गरी बस्ने वर्ष ३५ को सन्तोष भन्ने राजेन्द्र सिहं विष्ट र जिल्ला गोर्खा जौबारी ९ घर भई सुनसरी इटहरी–४ मा डेरा गरी बस्ने ईटहरी नगर सेक्रेटरी वर्ष ३९ की विरता क्षेत्रीलाई पक्राउ गरिएको हो। दुबै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here