ईद–उलको अवसरमा प्रदेश प्रमुख ‘प्यासी’ को शुभकामना

विराटनगर, १७ साउन । इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–अजहा (बकर ईद) को अवसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारी‘ प्यासी’ले शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख प्यासीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राष्ट्रपे्रमी नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् प्रगतिको कामना गर्नुभएको छ ।

नेपाली इस्लाम धर्मालम्बीहरु राष्ट्रिय एकता र स्वाभिमानको प्रतिक भएको भन्दै उहाँले बकर ईद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव, भातृत्व एवम् आपसी सहिष्णुता थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button