उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह

विराटनगर, १ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह गरेको छ ।

उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै मन्त्रालयले भएकाले सावधानी अपनाउन आग्रह गरेको हो । विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो ।

नियमित जाँच गराउँदा रक्तचापले निम्त्याउने जटिलताबाट बच्न सकिने उहाँले बताउनुभयो । नेपालमा २४ दशमलव ५ प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ। ६० प्रतिशत मानिसले जीवनको कुनै समयमा रक्तचापको जाँच गराएका छन भने ४० प्रतिशतले अहिलेसम्म जाँच नगराएको श्रेष्ठले जानकारी दिनुभयो ।

उच्च रक्तचापका ९ दशमलव ५ प्रतिशतले मात्र नियमित औषधि खाने गरेको मन्त्रालयले जनाएको छ । दैनिक ५ ग्राम मात्र नुनको सेवन गर्नुपर्नेमा ९ दशमलव ५ प्रतिशत ग्राम नुनको सेवन भइरहेको श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button