उत्तर कोरियाको मिसाइल वायुमण्डलमै प्रवेश गर्न सक्ने खालको रहेको दाबी

0
37

काठमाडौ, १४ मंसिर । उत्तर कोरियाले परीक्षण गरिएको पछिल्लो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल वायुमण्डलभन्दा माथि गएर फेरि वायुमण्डलमै प्रवेश गर्न सक्ने खालको रहेको दाबी गरेको छ ।उत्तर कोरियाले दाबी गरे पनि प्योङयाङबाट परीक्षण गरिएको ब्यालेस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले पुष्टि भने गरेका छैनन् ।उत्तर कोरिया अहिले नै त्यस्तो खालको प्रविधि विकास गर्न सफल भएकोमा विशेषज्ञले शंका व्यक्त गरेका हुन् ।उत्तर कोरियाले भने पछिल्लो मिसाइल आफूहरुले अहिलेसम्म परीक्षण गरेका मध्ये सबैभन्दा शक्तिशाली रहेको र यसले आफ्नो देशको परमाणु अभियानले तोकिएको लक्ष्य पाएको दाबी गरेको छ ।उत्तर कोरियाका नेता किम जोन–उनले बुधबार गरिएको मिसाइल परीक्षण निष्पक्ष रहेको र यो आफ्नो देशका लागि ब्रेकथ्रु पनि भएको बताएका छन् ।उत्तर कोरियाले द हवासङ–१५ नाम गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको बुधबार सफल परीक्षण गरेको हो । यो मिसाइल झन्डै एक हजार किलोमिटर दूरी पार गरेर जापानी समुद्रमा खसेको थियो ।नयाँ मिसाइल अमेरिकाको पूरै क्षेत्रमा मार हान्न सक्ने क्षमताको रहेको दाबी उत्तर कोरियाले गरेको छ ।विशेषज्ञले पनि अब वासिङटन पनि उत्तर कोरियाको मिसाइल रेन्जमा आएको हुन सक्ने बताएका छन् । मिसाइल परीक्षणको अन्तर्राष्ट्रिय समुदायबाट आलोचना भएको छ ।उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता पनि गरेका छन् ।ट्रम्पले चीनसँग उत्तर कोरियालाई मनाउन सबै किसिमको प्रयास गर्न आग्रह गरेका छन् । चीन उत्तर कोरियाको ठूलो सहयोगीको रुपमा रहँदै आएको छ ।यस्तै अमेरिकाले उत्तर कोरिया विरोध पक्षलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह पनि गरेको छ ।
…………………………(

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here