उत्तर कोरियाद्वारा टाइम जोन परिवर्तन, दक्षिण कोरियासँग समान बनाइयो

0
166

काठमाडौं,२२ बैशाख । उत्तर कोरियाले आफ्नो समय परिवर्तन गरेको छ । उत्तरले दक्षिण कोरियासँग मिल्ने गरी समय परिवर्तन गराएको हो । यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा ढिला थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनले दक्षिण कोरियासँगको टाइम जोनसँग उत्तर कोरियाको टाइम जोन समान बनाइएको जानकारी दिएको छ । हालै उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको भ्रमण गर्दा टाइम जोन समान बनाउने, परमाणु परीक्षण स्थल बन्द गर्नेलगायतमा सहमति भएको थियो । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि टाइम जोन मिलाउनु पहिलो व्यवहारिक कदम भएको जनाएको छ । यसले उत्तर एवं दक्षिण कोरियालाई एक बनाउने प्रक्रियालाई तीव्रता दिन सकिने विश्वास पनि उसले लिएको छ । गत अप्रिलको अन्त्यमा भएको कोरियाली शिखर वार्तापछि उत्तर कोरियाले आपसी सम्बन्ध थप मजबुत बनाउनका लागि आफ्नो घडीलाई ३० मिनेट छिटो गराएर दक्षिण कोरियासँग मिलाउने निर्णय गरेको थियो । सन् २०१५ देखि उत्तर र दक्षिण कोरियाको टाइम जोन अलग–अलग भएको थियो । त्यस समय उत्तर कोरियाले आफ्नो मानक समयलाई दक्षिण कोरियाको भन्दा ३० मिनेट ढिलो गरेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here