उदयपुरमा वाम गठबन्धन बलियो

0
35

उदयपुर, मंसिर ६ । स्थानीय तह चुनावको परिणामलाई लिएर राजनीतिक विश्लेषण गर्दा उदयपुरमा बाम गठबन्धन बलियो देखिएको छ । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि स्थानीय तह चुनावमा खसेको मतका आधारमा त्यस्तो विश्लेषण गर्न थालिएको हो । यस जिल्लामा स्थानीय तह चुनावमा १ लाख ७५ हजार ४६१ मतदाता रहेकोमा ७० प्रतिशत भन्दा बढीले मतदानमा भाग लिएका थिए । यस जिल्लामा प्रतिनिधिसभा चुनावका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएका छन् । मंसिर २१ गते दोस्रो चरणको चुनावका लागि वाम गठबन्धन पश्चात चुनावी मैदानमा उत्रिएका उम्मेदवारको उपस्थिति र स्थानीय तह चुनावमा प्राप्त मतलाई आधार मान्दा दुवै क्षेत्रमा वाम गठबन्धन धेरै बलियो देखिएको छ । उदयपुरको निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहको चुनावमा १ लाख २ हजार ४०८ जना मतदाता रहेको थियो भने अहिले नयाँ थप भएका मतदातासमेत गरी कुल मतदाता संख्या एक लाख १४ हजार ५९१ पुगेको छ । चुनावी मैदानमा वाम गठबन्धनबाट एमालेका मन्जुकुमारी चौधरी र नेपाली कांग्रेसबाट डा. नारायण खड्काबिच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ७९ हजार ३२७ मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here