उदयपुर गोल्डकप फुटबलको पाँचौ संस्करण

0
278

उदयपुर, ३ बैशाख । उदयपुर गोल्डकप फुटबलको पाँचौ संस्करण आगामी बैशाख २२ देखि गाइघाटमा हुने भएको छ । गोल्डकप मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी पाँचौ संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको जानकारी गराएको छ । प्रतियोगिता संयोजक किरण राईका अनुसार पुरस्कार राशिमा ३ लाख बृद्धि गरी ५ लाख र्पुयाइएको छ । त्यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । गाईघाटको थरुहट रंगशालामा हुने प्रतियोगितामा लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी, संकटा क्लव, लाली रुपन्देही ११, नेपाल आर्मी, नेपाल पुलिस, रुस्लान थ्रीस्टार, रमपम झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर ११ को सहभागिता रहने छ । चौथो उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ ले जितेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here