उद्योगका प्रकृति हेरेर प्रदेश १ सरकारले जनशक्ति उत्पादन गर्ने

विराटनगर, ९ साउन । प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ ।

रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी शुरु गरेको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरंग औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल शुरु गरेको छ ।

उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धीपूर्ण नदेखिएकाले प्रयोगात्मक तालिममा जोड दिने निश्कर्षमा पुगिएको उहाँको भनाई छ ।

मन्त्रालयले करोडौं खर्च गरेर तालिम दिने गरेपनि बेरोजगारलाई रोजगारी दिलाउन नसकेपछि उद्योगको प्रकृति र माग अनुसारको सीप दिने तयारी गरिएको मन्त्री घिमिरेले बताउनुभयो । मन्त्रालयले रोजगारदातासँगको छलफल पनि शुरु गरेको उहाँले बताउनुभयो । पहिलो चरणको छलफलबाट करिव २ हजारलाई रोजगारी दिने लक्ष्य राखेर सीप विकास तालिम दिईने मन्त्री घिमिरेले बताउनुभयो ।

उद्योगका लागि बार्षिक ५ हजार जनशक्ति आवस्यक पर्ने देखिएपनि कोरोनाका कारण उद्योगको उत्पादन घटेकाले २ हजारको लक्ष्य राखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा अरिहन्त मल्टिफाईवर्स, रिलायन्स स्पीनिङ , पशुपति विस्कुट र तालिम प्रदायक संस्था मनमोहन पोलिटेक्नीकवीच छलफल गरेको छ ।

रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलले मासिक औषतमा १ सय सम्म जनशक्ति उद्योगका लागि माग हुने गरेको बताउनुभयो । अरिहन्तका नारायण लामिछानेले दीर्घकालिन योजना सहित मन्त्रालयले काम गर्न आवस्यक रहेको बताउनुभयो । उद्योगमा आधारित कोर्ष निर्माण गरि तालिम दिनु पर्ने उहाँले बताउनुभयो ।

मनमोहन प्राविधिक विश्वविद्यालयकी प्रकृति भट्टराईले अहिले चलन चल्तीमा रहेका ३ महिने तालिम उपलब्धी मुलक नभएको बताउनुभयो । उद्योगका प्रकृति अनुसार सिलेवस तयार गरिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button