On Air BFM 91.2|Biratnagar

उद्योग संगठनद्धारा उद्योगी–व्यवसायीहरुका लागि उत्प्रेरणामूलक कार्यक्रम

विराटनगर, ४ भदौ । उद्योग संगठन मोरङको आयोजनामा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम गरिएको छ । उद्योग-प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षेमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न वाध्य वनाएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा उद्योगी÷व्यवसायी, महिला उद्यमीहरु, वैंकर्स, प्राध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.

Call Now Button