उम्मेदवारमाथि दाबी विरोध आज, तीनवटै प्रदेशमा चुनावको उत्साह बढ्यो

0
73

काठमाडौं, ५ असार । दोश्रो चरणको चुनाव हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज दाबी विरोध पेश गर्ने कार्यक्रम छ । दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएका उम्मेदवारले भोली बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र भोली नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । भोली नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ । आउँदो १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा हिजो उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको हो । दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ का एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वा्चित हुनेछन् । हिजो मनोनयन दर्ता भएसँगै चुनावी प्रचार तीव्र भएको छ । गर्मी बढेपनि तराईका विभिन्न ठाउँमा चुनावी चहलपहल बढेको छ । चुनावको विरोधमा रहेका राजपा र नेकपा नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावको उत्साह झनै बढेको हो ।

Comments

comments

LEAVE A REPLY