उर्लाबारीका प्रमुख सहित ४ जना सञ्चारकर्मी पुरस्कृत

विराटनगर, १७ साउन । मोरङको उर्लाबारीमा मा रहेको सञ्चार क्लब नेपालले आज उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोलाई सम्मान सम्मान गरेको छ ।

क्लबले प्रमुख फागोलाई सम्मान र ४ जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । स्थानीय सञ्चार प्रवद्र्धनमा सहयोग पुर्याउँदै नगरमा विकासको गति अघि बढाएको भन्दै क्लबका अध्यक्ष सरोज बस्नेतले क्लबको १७ औं बार्षिक साधारणसभाका अवसरमा प्रमुख फागोलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका फागोले निष्पक्ष रुपमा पत्रकारिता गर्नु आजको आवश्यकता भएको भन्दै नगरले सञ्चार क्षेत्रको प्रवद्र्धनमा सधैं सघाउने बताउनुभयो । सो अवसरमा, उर्लाबारीका पत्रकार तेजन खड्का र विजय धिमाललाई लीला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, फागोले दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार उर्लाबारीका पत्रकार नवराज भट्टराई र पथरीकी पत्रकार एलिना दियालीलाई प्रदान गर्नुभयो । पुरस्कारको राशी जनही ५ हजार १ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button