Tune to BFM 91.2|Biratnagar

उर्लाबारीबाट तास खेल्दै गर्दा सात जना पक्राउ

विराटनगर, १२ मंसिर । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीबाट तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा हिजो साँझ टोली खटिएको थियो ।

पक्राउ पर्नेमा उर्लाबारी–९ का ४८ वर्षीय बाबुराम कार्की, ४६ वर्षीय डम्बर लिम्बू, उर्लाबारी– ८ का २६ वर्षीय विमल डाँगी, २७ वर्षीय जीवन मगर, ३२ वर्षीय गोविन्द पुरी, खोटाङ घर भई उर्लाबारी–९ मा बस्ने ६७ वर्षीय कुविरमान तामाङ र उर्लाबारी–३ का ४२ वर्षीय विष्णु राउत रहेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेकाहरुको साथबाट तीन लाख २५ हजार एक सय ५५ रुपैयाँ नगद र तीन बुङ तास पनि बरामद भएको जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button