एएफसी फुटबलमा आज नेपालले उज्बेकिस्तानसँग खेल्ने, नेपालले जित्नैपर्ने

0
137

काठमाडौं, २ साउन । २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५्–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु हुनेछ । पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको उज्बेकिस्तान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन । समुहको अंक तालिकामा पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठूलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ । प्रतियोगिताको नियमावली अनुसार प्रत्येक समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन् । २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको मुख्य प्रतियोगिता अर्काे वर्ष चीनमा आयोजना हुनेछ ।
…………..

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here