एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली टोलीका खेलाडीलाई सरकारले सम्मान गर्दै

0
152

काठमाडौ, २ फागुन ।सरकारले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको नेपाली टोलीका खेलाडीलाई आज नगदसहित सम्मान गर्दैछ । उपाधि जिते लगत्तै जनही तीन लाख नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको सरकारले झण्डै साढे ३ महिनापछि बल्ल खेलाडी र प्रशिक्षकलाई सम्मान गर्न लागेको हो । दिउँसो २ बजे बालुवाटारमा कार्यक्रम गरी प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाइली लगायतले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको खेलकुद मन्त्री श्रीपाइलीका सल्लाहकार राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । नेपालले गएको कात्तिक ३० गते भएको प्रतियोगिताको फाइनलमा मकाउलाई हराउँदै उपाधि जितेको थियो

Comments

comments

LEAVE A REPLY