एक करोड क्षतिपूर्तिले पुग्दैन ः थ्रीस्टार

0
50

थ्रीस्टार क्लबले एएफसी कपको छनोट खेल्ने अवसरबाट बञ्चित गराएबापत अखिल नेपाल फुटवल संघ एन्फाले दिने भनेको एक करोड क्षतिपूर्ति नलिने बताएको छ । ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकोमा एन्फाले एक करोड दिने प्रस्ताव अनौपचारिक रुपमा गरेपनि त्यो मान्य नहुने थ्रीस्टारले जनाएको हो । थ्रीस्टारका महासचिव सञ्जिव शिल्पकारले छनोट खेल्न क्लवको खर्च नै २ करोडभन्दा धेरै भएको भन्दै १ करोड रुपैयाँ कुनैपनि हालतमा नलिने बताउनुभयो । ‘त्यो क्षतिपूर्ति नै होइन, सिल्पकारले भन्नुभयो दुई करोड त हाम्रै खर्च भएको छ अनि खेल्न नपाएबापतको क्षतिपूर्ति खोइ ?’ महासचिव शिल्पकारले देशमा फुटवलको विकासका लागि लचिलो हुन तयार रहेपनि १ करोड रुपैयाँ कुनैपनि हालतमा नस्विकार्ने बताउनुभयो । एशियाली फुटवल महासंघ एएफसीले दोश्रो चरणको छनोट खेल्न नाम पठाउन पटकपटक पत्राचार गर्दापनि एन्फाले नाम नपठाउँदा थ्रीस्टार छनोट खेल्नबाट बञ्चित भएको थियो । पहिलो चरणको छनोट पार गरेको थ्रीस्टारले दोश्रो चरण खेल्न नपाएपछि एन्फाले ६ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उजुरी गरेको छ ।

Comments

comments

LEAVE A REPLY