एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाली क्रिकेट टिम आज फर्किदैं

0
73

काठमाडौं, ५ चैत । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली आज साँझ ६ बजे काठमाडौं फर्किदैंछ । नेपाली क्रिकेट टोली बेलुकी जिम्बाबेबाट दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आइपुग्ने बताईएको छ । विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किन लागेको हो । प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो । समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता निश्चित गरेको हो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेपछि नेपाल आठौं स्थानमा सीमित बन्यो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here