एक नम्बर प्रदेशसभाको अबरोध हट्यो

विराटनगर , २८ माघ । दुईदिन देखि अवरुद्ध प्रदेश १ को संसद बैठक आजदेखि सञ्चालन भएको छ । अख्तियार प्रकरणलाई लिएर मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको एक नम्बर प्रदेश सभाको बैठक आजबाट सुरु भएको हो ।

मुख्य प्रतिपक्षी दल कांग्रेसले प्रस्टिकरण दिदै अवरोध छाडेपछि प्रदेश सभाको बैठक सुरु भएको हो । अख्तियार प्रकरणलाई लिएर मुख्य प्रतिपक्षी दल कांग्रेसले एक नम्बर प्रदेश सभाको २६ र २७ माघको बैठकमा अवरोध पुर्याएको थियो ।

कांग्रेसको अवरोधले गर्दा दुई दिन संसदको बैठक सञ्चालन हुन पाएन । आजको बैठकमा बोल्दै कांग्रेस सांसद शेखरचन्द्र थापाले अख्तियारले स्वतन्त्र र तथस्थ भुमिका नभिएकोले पार्टीको निर्णय अनुसार संसद अवरुद्ध गर्न बाध्य भएको बताउनुभयो । उहाँले संसद नागरिकहरुको आवाज बोल्ने सर्बाेच्च थलो भएकोले कांग्रेसले सधैभरि बन्धक नवाउने भन्दै बैठकको अवरोध हटाएको जानकारी गराउनुभयो ।

आजको बैठकको सुरुमा प्रतिपक्षी कांग्रेस सांसदहरुले उठेर अवरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले संसदिय दलको तर्फबाट सांसद शेखरचन्द्र थापालाई बोल्न समय दिनु भउको थियो ।

एक नम्बर प्रदेशको सभाको अवरोध हटेपछि मंगलबारको बैठकमा संसदमा एक नम्बर प्रदेश वतावरण बिधेयक पेश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button