Tune to BFM 91.2|Biratnagar

एक लाख ३५ हजारलाई कोरोनाविरूद्धको खोप लगाइने

विराटनगर, १८ फागुन । मोरङमा कोभिड–१९ विरूद्वको खोप एक लाख ३५ हजारलाई लगाइने भएको छ ।तेस्रो चरणको अभियानअन्तर्गत फागुन २३ गतेबाट खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो।

उहाका अनुसार ५५ वर्षमाथिका उमेर समूहलाई खोप लगाइने छ। उहाले तेस्रो चरणका लागि ७२ स्थानमा खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो । मोरङमा पहिलो चरणमा पाँच हजार ८५९ र दोस्रो चरणमा पाँच हजार ३३४ जनाले खोप लगाएको स्वास्थ कार्यालयका सूचना अधिकारी धरणीधर निरौलाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button