एचआइभि संक्रमित १५ वालवालिकालाइ पोषणयुक्त खाद्य सामग्री वितरण

0
23

विराटनगर, असार ५
आस्था सपोर्ट गुपले सोमबार एचआइभि संक्रमित वालवालिकालाइ पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ । सपोर्ट गु्रपले मोरङ नेटवर्कको समन्वयमा जिल्लाका १५ वालवालीका लाइ हर्लिक्स, ग्लुकोज, राजमा, विष्कुट, काजुलगायतका पोषणयुक्त खाद्य सामग्री वितरण गरेको हो । सो संस्थाले आयोजना गरेको कार्यक्रममा करिब ३० हजार मुल्य बराबरको खाद्य सामग्री जिल्ला समन्वय समिति मोरङका अधिकृत भमक भट्टराइले वितरण गरेका हुन् । सो अबसरमा राष्ट्रिय एचआभि एड्स महासंघका केन्द्रीय उपाध्यक्ष खगेन्द्र खडकाले नेपालमा सन २०१७ को तथ्यांक अनुसार ३२ हजार ३ सय ९७ जना एचआइभि संक्रमित रहेको जानकारी दिए । उनले त्यस मध्ये करीब ३ सयले एआरटी उपचार सेवा लिइरहेको बताए । उपाध्यक्ष खड्काले मोरंगमा मात्र ६ हजारको हाराहारिमा एचआइभि संक्रमित रहेकामा १ हजार ३ सय ३९ जनाले एआरटी उपचार सेवा लिइरहेको जानकारी दिए । उनले हजारौँ एचआइभि संक्रमितले उपचार सेवा नपाएर अकालमै मर्नुपरेको बताउदै सरकारलाइ तत्काल सहज उपचार सेवा उपलब्ध गराउन माग गरे । उपाध्यक्ष खड्काले एचआइभि संक्रमित दाताको भरमा चल्नु परेकाले दाताले सहयोग उपलब्ध नगराउदा अकालमै मर्नुपर्ने अवश्थाको अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका अधिकृत भमक भट्टराइले एआइभि संक्रमितका लागि सरकारले बजेट विनियोजन समेत गरेको बताए । कार्यक्रममा सुधार अभियान्ता दिपक चापागाइले सरकारले एचआइभि संक्रमितका आवश्यकता पुरा गरि उनिहरुको मानवअधिकारको ग्यारेन्टी गरिनुपर्ने बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाको नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका भिम पराजुलीले पछिल्लो समय विराटनगरमा लागुऔषध ओसार पसार वढ्दो मात्रामा हुनेगरेकाले आफु मेयरमा निर्वाचित भए पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । उनले एचआइभि संक्रमित वालवालिकाका लागि विराटनगरमा संरक्षण गृहको आवश्यकता रहेकाले संरक्षण गृहको समेत स्थापना गर्ने बताए ।

Comments

comments

LEAVE A REPLY