एन्फाको बैठक आज बस्दै

0
44

काठमाडौं, ३२ साउन । अखिल नेपाल फुटबल संघ एन्फाको बैठक आज बस्दैछ । बैठक अहिले ११ बजेका लागि बोलाइएको प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । एन्फाको लापरवाहीका कारण एएफसी कप प्ले–अफमा थ्रीस्टार क्लबले खेल्न नपाएकोमा उसलाई क्षतिपूर्ति दिने र दोषी ठहरिएकालाई कारवाही गर्ने विषयमा विवाद भएपछि गएको साउन १२ गतेको बैठक स्थगित भएको थियो । आजको बैठक पनि यहि विषयमा केन्द्रित हुने तुलाधरले बताउनुभयो । त्यस्तै बैठकमा महिला फुटबल कार्यक्रम तथा प्रतियोगिता, १५ वर्षमुनिको साफ महिला फुटबल प्रतियोगितामा सहभागिता, एएफसीको रोडम्याप अनुसार संघको विधान संशोधन तथा विशेष साधारण सभा, ए डिभिजन लिग संचालन लगायत विषयमा पनि बैठकमा छलफल हुने एन्फाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here