एभरेष्टमा पूर्ण प्रभावकारी बन्दै अनलाईन कक्षा

विराटनगर, १६ साउन । एभरेष्ट सेकेण्डरी स्कुल विराटनगरले अनलाईन कक्षालाई प्रभावकारी बनाउँदै लगेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)ले मुलुक लकडाउन भएपछि वैकल्पिक रुपमा थालिएको अनलाईन कक्षालाई प्रभावकारी बनाउन सफल भएको स्कुलले जनाएको छ ।

नयाँ अभ्यासका रुपमा थालिएको अनलाईन कक्षामा विद्यालयको कक्षा ११ र १२ का ९० प्रतिशतभन्दा बढी र कक्षा नर्सरी देखि १० सम्म ८५ प्रतिशत विद्यार्थीले हरेक दिन उत्साहप्रद सहभागिता जनाउने गरेका छन् ।

एसईईको नतिजापछि एभरेष्टले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र कानून संकायमा कक्षा ११ को नयाँ कक्षा सञ्चालनको तयारी गरेको विद्यालयका सहप्राचार्य नवराज कोइरालाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button