एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप

विराटनगर, ३० भदौ । विराटनगरमा आज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

एमसीसी कार्यान्वयन नगर्न माग गर्दै प्रदर्शन हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेर शहीद रंगशालाबाट तीन जनालाई पक्राउ गरेको हो ।

विराटनगरमा पहिलो पटक एमसीसीप्रति विरोध जनाउँदै प्रदर्शन भएको थियो । दर्ता नभएको सचेत नेपाल पार्टीका नाममा १०÷१२ जनाको समूह प्रदर्शन उत्रिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीन जनालाई साँझ नै सम्झाएर छाडिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएन । कोरोना महामारीका समयमा भेलाजम्मा हुन प्रतिबन्ध लगाइएका बेला प्रदर्शन भएपछि हस्तक्षेप गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रहरीले तीन जनालाई पक्राउ गरे पनि प्रदर्शनमा संलग्न अरु भने भागेका थिए । कोरोना महामारीमा भेलाजम्मा भएर प्रदर्शन नगर्ने सर्तमा उनीहरुलाई छाडिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button