एमालेले समानुपातिकतर्फका उम्मेदवारको नाम स्थायी समितिबाट टुंगो लगाउने

0
20

काठमाडौं, २५ असोज । नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवार स्थायी समितिबाट टुंगो लगाउने भएको छ । हिजो बसेको स्थायी समितिको बैठकले २६ र २७ गते बस्ने स्थायी समितिको बैठकले समानुपातिकतर्फको नामावली तय गर्ने निर्णय गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । यसैबिच नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रियसभाको चुनावमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो । छलफलमा सहभागी सांसद रामनारायण बिडारीले राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे छलफल भएको जानकारी दिनुभयो । एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल गर्ने निर्णय भएपछि नेपाली कांग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राख्दै आएको छ । राष्ट्रिय सभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीन जना मनोनीत हुनेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here