एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज

0
107

काठमाण्डौं, २६ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रियाका लागि आधार तयार पार्न गठित पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । निर्वाचनअघि दुई दलबीच एकता गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा गएपनि चुनावपछि यो अवधिसम्म पनि एकताका लागि निर्णायक ढंगले काम अगाडी बढ्न नसकेको बताइएका बेला आज बैठक बस्न लागेको हो ।यसअघि हिजो दुई पार्टीका अध्यक्षहरुबीच एक्लाएक्लै वार्ता पनि भएको थियो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको हो । छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो । पार्टी एकता र अरु विषयमा भने एकता संयोजन समितिमा थप छलफल गर्ने दुई नेताहरुको निष्कर्ष थियो । राष्ट्रियसभाको चुनाव पनि सकिएकाले पहिले सरकार गठनको प्रक्रिया अघि बढाउने चाहना एमाले अध्यक्ष ओलीको छ भने दाहाल एकतालाई पहिलो प्राथमिकतामा राख्न चाहन्छन् । एमाले अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना गरेको भन्दै नेकपा माओवादी पक्ष झस्केको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here