एमाले मोरंगको चियापानमा फोरमका मृत्युन्जय सहित सयौं प्रवेश

0
114

विराटनगर, ११ असोज । नेकपा एमाले मोरंगले आज दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रम गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा आयोजित चियापान कार्यक्रममा विभिन्न पार्टीपरित्याग गरि सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा विभिन्न पार्टीका केन्द्रिय तहका नेताहरु पनि रहेका छन । संघिय समाजवादी फोरम परित्याग गरि केन्द्रीय सदस्य मृत्युञ्जय झा, नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य मोहनलाल सरदार, राप्रपाका केन्द्रिय सदस्य जविरउद्धिन मियाँ, डा.वकार आलम, डा.उमेश रिजाल लगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई एमाले पोलिटव्युरो सदस्य लालवावु पण्डित, केन्द्रिय सदस्य जीवन घिमिरे, मोरंग अध्यक्ष विनोद ढकाल, पुर्व अध्यक्ष महेश रेग्मी लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here