एमाले मोरङले बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक टोली खटाउने

0
122

विराटनगर, १ भदौ । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक टोली खटाउने भएको छ । विराटनगरका अति प्रभावित क्षेत्रमा भोलीदेखि नै स्वयंसेवक टोली खटाउने भएको हो । एमाले निकट मोर्चा संगठनहरुको आज विराटनगरमा वसेको वैठकले भोली विराटनगरको परोपकारघाट आसपासमा स्वयंसेवक टोली खटाउने निर्णय भएको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो । वैठकले बाढी तथा डुवान प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै तत्काल संवन्धित निकायलाई स्वास्थ्य उपचारका लागि ध्यानाकर्षण गराएको छ । सरकारी तवरवाट वितरण भईरहेको राहत सामाग्री पारदर्शी नभएको भन्दै पारदर्शी गर्न पनि बैठकले माग गरेको छ । मोर्चा संगठन प्रमुख खतिवडाले भन्नुभयो,‘राहत वितरणमा ढिलाइ भएको भन्दै छिटो छरितो र चुस्त दुरुस्त गर्नका लागि संवन्धित पक्षमा डेलिगेशन जाने पनि निर्णय भएको छ ।’ मोर्चा संगठनको बैठकले बाढी पीडित तथा प्रभावितहरुको जिल्लाभरको तथ्यांक संकलनका लागि पेशागत महासंघ र स्वास्थ्य शिविर सञ्चालनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई जिम्मा दिने निर्णय गरेको छ । खाद्य गुणस्तर र कृतिम महंगी भएको भन्दै अनुगमन गर्नका लागि संवन्धित पक्षको ध्यानाकर्षण वैठकले गराएको छ । वाढीका कारण विभिन्न शैक्षिक संस्थामा शैक्षिक सामाग्रीको वितरणका लागि पहल गर्ने वैठकले निर्णय गरेको मोर्चा संगठन विभागका प्रमुख खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ ३ गते भित्रमा सवै जनसंगठनको वैठक वसी वाढी पीडितको राहतका लागि स्पष्ट खाका ल्याउन पनि निर्देशन दिईएको छ । वैठकमा जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले वाढी र डुवानका कारण पीडित तथा प्रभावित भएकाहरुलाई तत्काल राहतको आवस्यकता रहेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । वैठकमा पेशागत महासंघका वरिष्ठ उपाध्यक्ष तथा एमाले वैकल्पिक केन्द्रिय सदस्य प्रेमल खनाल, एमाले मोरङका अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल लगायतको सहभागिता रहेको थियो । एमाले केन्द्रिय प्रचार विभागले वाढी प्रभावित तथा पीडितका लागि मोरङमा समन्वयका लागि पेशागत महासंघलाई जिम्मेवारी दिएर पठाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here