एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल सहमति नजिक

0
265

 

काठमान्डौँ  ,माघ १ – एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा दुई पार्टीबीचको भागबण्डा बारे गृहकार्य गर्न बनेको कार्यदल सहमति नजिक पुगेको हो ।मतदाताको संख्या र सम्भावनाको विश्लेषणपछि बाँटफाँटबारे एउटा निष्कर्षमा आफूहरू पुगेको र अबको तीन दिनमा राष्ट्रिय सभा निर्वाचन बारेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउने कार्यदलका सदस्य एवं एमाले नेता सुवास नेम्बाङले बताउनुभयो । उहाँका अनुसार प्रदेशमा मुख्यमन्त्री र सभामुख फरक९फरक दलको हुने गरी छलफल भइरहेको छ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर उम्मेद्वारी दिएका एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा र प्रदेश सरकारमा संयुक्त रुपले जानेबारे गृहकार्य गरिरहेका छन् । कार्यदलका सदस्य नेम्बाङले कार्यदल निष्कर्षमा पुगिसकेको भन्दै अब पर्सि ३ गते बैठक बसेर राष्ट्रिय सभा बारेको जिम्मेवारी पूरा गरिने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here