एमाले र माओवादी केन्द्रले पार्टीले वामएकता प्रक्रियाले पुनः गति लिन

0
99

बैशाख ३१ । एमाले र माओवादी केन्द्रले पार्टीले वामएकता प्रक्रियाले पुनः गति लिने बताएका छन् । सरकार सञ्चालन प्रक्रियादेखि आगामी आर्थिक बर्षको बजेटका प्राथमिकता निर्धारण गर्दासम्म एमालेले उपेक्षा गरेको माओवादी केन्द्रले आरोप लगाएपछि एकता प्रक्रिया नै अलमलमा परेको थियो । एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङले दुई पार्टीबीच एकीकरण प्रक्रिया नै बिथोलिने गरि बेमेल नरहेको दाबी गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण केही दिन छलफल प्रभावित भएको भन्दै नेम्वाङले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच पुनः छलफल शुरु हुन लागेको जानकारी दिनुभयो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि पार्टी एकीकरण प्रक्रिया अब धेरै नलम्बिने बताउनुभयो । आगामी आर्थिक बर्षको बजेटको प्राथमिकता निर्माणका क्रममा बाहिर देखिएको जस्तो विवाद नरहेको भन्दै प्रबक्ता भुसालले दुई दलको सहकार्यमा नै बजेट आउने बताउनुभयो । जेठ १५ मा बजेट लगत्तै एकताले मुर्तरुप पाउने र शीर्ष तहमा आज भोली नै छलफलको तयारी भईरहेको जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here