Tune to BFM 91.2|Biratnagar

एसईईको नतिजा सार्वजनिक

विराटनगर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित गरेको छ । कुल चार लाख ८२ हजार नौ सय ६ जना विद्यार्थीले परीक्षको लागि आवेदन भरेकोमा चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कक्षा १० को विद्यालय मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ स्वीकृत गरी त्यही कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित भइ आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई सङ्कलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button