ओखलढुङा र तेह्रथुम जिल्लामा आगलागीबाट दुई घरमा क्षति

0
247

विराटनगर, माघ २९ गते ।ओखलढुङा र तेह्रथुम जिल्लामा आज विहान आगलागीबाट दुई वटा घर जलेका छन भने अन्दाजी १२ लाख बराबरको क्षति भएको छ। ओखलढुङा चिसंखुगढी गाउँपालिका–३ पोखरे बस्ने प्रेमलाल घिमिरेको घरमा विहान खोले पकाउने क्रममा अचानक आगो सल्किंददा ढुङा माटोले बनेको फुसको घर, घरभित्र रहेको खाधान्न, लत्ताकपडा र नगद चालीस हजार रुपैया जल्दा पाँच लाख बराबरको क्षति भएको छ । विहान करिब ९ बजे भएको आगलागी प्रहरी चौकी खानीभञ्ज्याङबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा साढे १० बजे नियन्त्रण गरिएको छ। यसैगरी तेह्रथुम आठराई गाउँपालिका १ संक्रान्ति बस्ने डम्बर बहादुर तामाङको भान्सा घरबाट अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको घर, घर भित्र भएको नगद चालीस हजार रुपैया, आधा तोला सुन, लत्ताकपडा, भाडावर्तन, फर्निचर जल्दा अन्दाजी सात लाख बराबरको क्षति भएको छ। विहान ११ बजेतिर भएको आगलागी प्रहर र स्थानीयको सहयोगमा एक घण्टा पछि नियन्त्रण गरिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here