ओबामा प्रशासनले लिएको नीति फिर्ता लिने तयारीमा डोनाल्ड ट्रम्प

0
54

काठमाडौं, असार २० । अमेरिकामा ट्रम्प प्रशासनले विश्व विद्यालयमा विविधता बढाउन बराक ओबामाका समयमा लिइएको नीति फिर्ता लिने तयारी गरेको छ ।सकारात्मक विभेदका रुपमा एशियन–अफ्रिकनप्रति ओबामा प्रशासनले लिएको नीति फिर्ता गर्न लागिएको हो ।अमेरिकी महान्यायाधिवक्ता जेफ सेसनले २४ बुँदे दस्तावेजलाई रद्द गरेसँगै ओबामा प्शासनले लिएको नीति खारेज हुने भएको हो ।हार्वड युनभर्सिटीलाई एशियन–अफ्रिकन भर्नाका लागि सीमित गरिएको भन्ने आरोप लागेको थियो ।सन् २०१६ मा सर्वाेच्च अदालतले नै सकारात्मक विभेदका लागि आदेश नै दिएको थियो ।तर त्यस्तो आदेश दिने न्यायाधीश एन्थनी केनेडीको पनि अवकाश भएको छ ।अब न्यायाधीश नियुक्त गर्दा आफ्नो विचारसँग सहमत हुनेलाई नियुक्त गर्न पाउने अवसर पनि राष्ट्रपति डोनल्ड ट्रम्पलाई मिलेको छ । पूर्व राष्ट्रपति ओबामा प्रशासनले ल्याएको नीति लागु गर्न नपर्ने गरी कलेजहरुलाई ट्रम्प प्रशासनले छुट दिने भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here