Tune to BFM 91.2|Biratnagar

ओलीले लोकतन्त्र खतरामा पारेः नेता पाण्डे

विराटनगर, ३ माघ । नेकपा (दाहाल–नेपाल) समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र माथि प्रहार गरेको आरोप लगाउनु भएको छ । आज मोरङको बेलबारीमा अनेमसंघ मोरङको अगुवा कार्यकर्ता भेलामा जेता पाण्डेले पहिला देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरिका पुगिदैन भन्नेले लोकतन्त्रलाई नै धरापमा पार्ने काम गरेको बताउनुभयो ।

लोकतन्त्रलाई थाम्नका सवै एकजुट हुने बेला आएको उहाँले बताउनुभयो । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उहाँले संसद पुनस्र्थापना भएरै छाड्ने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले अदालतमा पेश गरेको फाईल चोरी गरेको समेत उहाँले आरोप लगाउनुभयो ।

ओलीको प्रवृत्तिले प्रतिक्रियावादीहरु सलबलाउन थालेको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ओली ओरालो यात्रामा रहेकाले केही दिनमा यात्रा सहिन्छ ।’ पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने उहाँले दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button