Tune to BFM 91.2|Biratnagar

औद्योगिक क्षेत्र निर्माण कार्यलाई कार्यान्वयनमा ल्याउनु पर्ने सरोकारबालाहरुको सुझाव

विराटनगर, ६ असोज । सङ्घीय सरकारले घोषणा गरेको सुनसरीको अमडुवामा औद्योगिक क्षेत्र निर्माण कार्यलाई कार्यान्वयनमा ल्याउनु पर्ने सरोकारबालाहरुले सुझाव दिएका छन् । उनीहरुले चार वर्ष अगाडि घोषणा गरिएको मुलुकको औद्योगिकरणमा कोशेढुङ्गाको रुपमा रहने ६५० विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्रदेश सरकारले दु्रतगति अगाडि वढाउनु पर्ने जोड दिनु भयो ।

प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज विराटनगर आयोजित प्रदेशमा औद्योगिकरणको अवसर र चुनौति विषयक छलफल तथा अन्तरक्रियामा उद्यागीहरुले नयाँ उद्योग दर्ताका लागि मन्त्रालयमा झन्झटिलो व्यवस्था रहेकोले एकद्वार नीतिको माध्यमवाट दिन तोकेर कार्य गरेमा मुलुकको औद्योेगीकरणमा सहयोग पुग्ने सुझाव दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button