कक्षा ११ को आंशिक तर्फको नतिजा सार्वजनिक,३५ दशमलव ५८ प्रतिशत उत्तीर्ण

0
27

मंसिर १८, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय रुपैंया तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बतासले बताउनुभयो । गत बर्ष परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी मध्ये आंशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।नियमिततर्फको परीक्षाफल पुषको पहिलो हप्ता सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।
यसैबीच बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा भने लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । यो वर्ष ११ र अर्को वर्षदेखि १२ को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गर्ने तयारी बोर्डको रहेको छ ।अघि कक्षा १० को एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशित गरिएको थियो । ग्रेडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने तयारी गरेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here