कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने

विराटनगर, २ जेठ । मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने भएको छ ।प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो ।

कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको हिजो सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत उपाध्यक्ष मञ्जिता सरदार लगायतको उपस्थिति रहेको थियो । घर निर्माणको शिलान्यास गर्दै मन्त्री घिमिरेले घर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

चालु आर्थिक वर्षबाट शुरु भएको कामले निरन्तरता पाउनुपर्ने उहाँले बताउनुभयो । १५ वटा घर चालु आर्थिक वर्षभित्रमा सकिने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button