कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो

0
49

झापा, १ माघ
झापाको कनकाई नदीमा मकर स्नान गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । झापाका साथै मोरङ, सुनसरी, इलाम, सिरहा, सप्तरीलगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् । सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे सङ्क्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ । माघ १ गतेदेखि सूर्यको उत्तरायण हुने हुँदा रात छोटा र दिन लामो हुँदै जान्छ । मकर सङ्क्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुललगायत कन्दमूल खाने परम्परा रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here